क्रिप्टो कारोबारलगायतबाट अवैधरुपमा पैसा बाहिरिन थालेकोमा अर्थमन्त्रीको चिन्ता

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
क्रिप्टो कारोबारलगायतबाट अवैधरुपमा पैसा बाहिरिन थालेकोमा अर्थमन्त्रीको चिन्ता

काठमाडौं ।

अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतलाई रोक्न नसक्दा अहिले अवैधरुपमा पैसा बाहिरिन थालेको बताएका छन्।

शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको बताए।

यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरुपमा पैसा बाहिरिन थालेको उनको भनाई थियो।

‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन। यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’ उनले भने।

उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पारेका छन्।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २५ चैत्र २०७८, शुक्रबार