
काठमाडौं ।
फ्रान्सको सर्वोच्च प्रशासनिक अदालतले मंगलबार इलन मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकलाई दुई फ्रिक्वेन्सी ब्यान्डहरू दिने निर्णयलाई खारेज गरेको छ।
फ्रान्सको सो अदालतले देशको टेलिकम नियामक निकायले कानुनीरुपमा गलत निर्णय गरेको भन्दै सो निर्णयमा रोक लगाएको रोयटर्सले रिपोर्ट गरेको छ।
स्टारलिंकलाई इजाजतपत्र दिने निर्णयले “उच्च ब्यान्डविथ इन्टरनेटको पहुँचको बजारलाई असर गर्न सक्छ र अन्तिम प्रयोगकर्ताहरूको हितलाई असर गर्न सक्छ”, फ्रान्सको अदालत कोन्साइल डेएटाटले भन्यो।
उनीहरूलाई फ्रिक्वेन्सी ब्यान्डहरू प्रदान गर्नु अघि सार्वजनिक सुनुवाइहरू गर्न आवश्यक पर्ने थियो भन्दै यसमा नियामकले बेवास्ता गरेको कारणलाई आधार मानेको छ।
प्रकाशित: २३ चैत्र २०७८, बुधबार