चिप्स अभावका कारण ब्राजिलमा कार्यरत मर्सिडिज बेन्जका कामदारहरूलाई छुट्टी

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
चिप्स अभावका कारण ब्राजिलमा कार्यरत मर्सिडिज बेन्जका कामदारहरूलाई छुट्टी

काठमाडौं ।

मर्सिडीज बेन्ज समूहले सेमीकन्डक्टर चिप्सको अभावका कारण ब्राजिलका दुई प्लान्टमा पाँच हजारभन्दा बढी कामदारहरूलाई सामूहिक बिदामा राख्ने कम्पनीले सोमबार जनाएको छ।

उत्पादन रोकावट अप्रिल १८ देखि मे ३ सम्म हुनेछ र साओ बर्नार्डो डो क्याम्पो प्लान्टमा ५,००० कर्मचारीहरू र साओ पाउलो र मिनास गेराइसको ब्राजिलियन राज्यहरूमा अवस्थित जुइज डे फोरा कारखानामा ६०० कर्मचारीहरू समावेश भएको रोयटर्सले जानकारी दिएको छ।

मर्सिडिजले विश्वव्यापी सेमीकन्डक्टर/अर्धचालक आपूर्ति संकटका कारण ट्रक, ट्रक केबिन, बस चेसिस र अन्य अटो पार्ट्सको उत्पादन समायोजन गरिरहेको बताएको छ।

साओ बर्नार्डो डो क्याम्पो क्षेत्रका मेटलवर्कर्स युनियनकाअनुसार आपूर्ति श्रृंखला अभावका कारण कम्पनीले मार्चमा तलबसहित करिब १,२०० कामदारहरूलाई सामूहिक बिदामा राखेको थियो।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार