डिशहोमले ल्यायो ‘१ बर्षमा २४ महिना’ नामक योजना

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
डिशहोमले ल्यायो ‘१ बर्षमा २४ महिना’ नामक योजना

काठमाडौं ।

डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडी, सरोकार टिभी, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ।

१ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन ।

एक दशकदेखी स्याटेलाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नाममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...