अनलाइनमार्फत सदस्यता बितरण र चन्दा उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
अनलाइनमार्फत सदस्यता बितरण र चन्दा उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलनलगायतका कार्यहरु अनलाइन प्रविधिमार्फत गर्ने भएको छ।

आफ्नो पार्टीको आधिकारीक वेबसाइटमार्फत स्वदेश तथा विदेशमा रहेकाहरुले सिधै साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको जनाएको छ।

हाल पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन सकिनेछ । रकम अनलाइन पेमेन्टका सबैजसो गेटवेबाट पैसा पठाउन सकिने बताईएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीले यसको लागि वेबसाइटमा नै आइएमई पे र खल्ती वालेट प्रयोग गरेर भुक्तानी गर्न सकिने सुबिधा संचालनमा ल्याईसकेको छ।

राप्रपाले यसरी संकलन भएको आर्थिक सहयोगले पार्टीको नीति, विचार, सिद्धान्त प्रवर्द्धन गर्ने लगायतका पार्टीका गतिविधि र कार्यक्रम सञ्चालन गर्न उपयोग गर्ने जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...