अदालतमा अनलाइन तारिखको सुबिधा

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
अदालतमा अनलाइन तारिखको सुबिधा
फाइल तस्बिर

काठमाडौं ।

विशेष अदालतले विचाराधीन मुद्दामा वैशाख १ गतेबाट आफूलाई पायक पर्ने उच्च र जिल्ला अदालतबाटै मुद्दाको तारिख लिन पाउने व्यवस्था लागू गरेको छ।

प्रवक्ता दीपेन्द्रनाथ योगीद्वारा जारी सूचनामा पक्षहरूले चाहेमा पायक पर्ने अदालतबाट तारेख लिन सक्ने व्यवस्था गरिएको उल्लेख छ।

विशेष अदालतको चैत १३ गतेको पूर्ण बैठकले अनलाइन तारिखसम्बन्धी निर्देशिका अनुसार अनुमोदन गरेको थियो। सोही निर्देशिकाअनुसार अनलाइन तारिखको व्यवस्था गरिएको हो।

सूचनामा अनलाइन तारिखसम्बन्धी आवश्यक व्यवस्था तथा सहजीकरणका लागि सबै उच्च र जिल्ला अदालतमा परिपत्र भइसकेको पनि जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...