एन्ड्रोइड १३ मा एउटै ई-सिममा दुई ओटा क्यारियरको कनेक्शन लिन मिल्ने

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
एन्ड्रोइड १३ मा एउटै ई-सिममा दुई ओटा क्यारियरको कनेक्शन लिन मिल्ने

काठमाडौं ।

आउँदै गरेको एन्ड्रोइड १३ अपरेटिङ सिस्टम भएको फोनमा एउटै ई-सिममा दुई ओटा क्यारियरको कनेक्शन लिन सकिने भएको छ।

एस्परका अनुसार गुगलले एन्ड्रोइड १३ मा निकै उपयोगी एउटै ई-सिममा दुई ओटा क्यारियरको कनेक्शन लिन मिल्ने फिचरमा काम गरिरहेको जीएसएमएरिनामा उल्लेख छ।

गुगलले मल्टिपल इनेबल्ड प्रोफाइल्स अर्थात् एमईपी नामक फिचरमार्फत् एउटै ई-सिममा दुई ओटा क्यारियरका कनेक्शन चल्ने बनाउन लागेको बताइएको छ।

कम्पनीले यो नयाँ फिचरको पेटेन्ट सन् २०२० मै दर्ता गरेको र यसले एउटै सिम इन्टरफेसलाई दुई ओटा डिजिटल कनेक्शनमा छुट्याउने जीएसएमएरिनामा उल्लेख छ।

यसअघि गुगलले यो फिचरलाई इन्जिनीयरिङ पिक्सेल हार्डवेयरमा परीक्षण गरिरहेको रिपोर्टहरु बाहिर आएका थिए।

यसो हुन सकेको खण्डमा मोबाइल निर्माताहरुले सिम कार्ड स्लट राख्नु नपर्ने र उक्त ठाउँ अन्य हार्डवेयरका लागि छुट्याउन सकिने बुझिएको छ।

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार