कुमारी बैंक २०औं वार्षिकोत्सव, अनलाइनबाट भुक्तानीदेखि बैंकिङ एप सम्ममा अफर

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
कुमारी बैंक २०औं वार्षिकोत्सव, अनलाइनबाट भुक्तानीदेखि बैंकिङ एप सम्ममा अफर

काठमाडौं ।

कुमारी बैंक लिमिटेडले २०औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूका निम्ति विभिन्न अफर सार्वजनिक गरेको छ। चैत २० गते २१औं वर्ष प्रवेश गर्न लागेको बैंकले ग्राहकलाई क्यासब्याक, हेलिकोप्टर टुर र दुबई भ्रमण अफर ल्याएको हो ।

जसअनुसार ​डेबिट र क्रेडिट कार्डका हकमा बैंकको वार्षिकोत्सव अवसरमा चैत २० गते कुमारी बैंक लिमिटेडको कार्डमार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतम २ हजार १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार यो अफर एटीएमबाट पैसा झिक्दा भने लागू हुने छैन। यसैगरी, कुमारी स्मार्ट फोन बैंकिङ एप प्रयोग गरी पहिलोपटक मोबाइल टप अप गर्दा वा चैत २० गते पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतम २१० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने बैंकले दाबी गरेको छ।

वार्षिकोत्सव अवसरमा बैंकले सिम्रिक एअरको हेलिकप्टरमार्फत गोसाइँकुण्ड जाने बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्चभन्दा १२ हजार ५०० रुपैयाँ छुट पनि प्रदान गर्ने जनाएको छ । यो छुटको प्रावधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पेमेन्ट, फण्ड ट्रान्सफर अथवा मोबाइल टप अप गर्दा लक्की ड्रमार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुने पनि बैंकले जानकारी दिएको छ ।

लक्की ड्रमार्फत छानिएका विजेताले तीन महिनाभित्र योजनाको उपभोग गर्नुपर्ने र आफूसँग थप एक जनालाई भ्रमणमा लैजान सक्ने पनि बैंकले जनाएको हो ।

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार