अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता गर्न सकिने नेपाल टेलिकमको भनाई

  • Technology Khabar | २ कार्तिक २०८३, सोमबार
अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता गर्न सकिने नेपाल टेलिकमको भनाई

काठमाडौं ।

नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएको जानकारी दिएको छ।

यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको छ। ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था रहेको जानकारी दिएको छ।

त्यसैगरी अब अनलाइनमार्फत समेत एनटी फाइबर जडान गर्नका लागि आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासो समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ। https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ।

नेपाल टेलिकमले हालै रू ४,९९९ मा ३० एमबीपीएसको प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ। त्यसैगरी अन्य विभिन्न प्याकेजहरु समेत उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार