अस्ट्रेलियामा अध्यागमन प्रणाली अवरुद्ध 

  • Technology Khabar | २ आश्विन २०८३, शुक्रबार
अस्ट्रेलियामा अध्यागमन प्रणाली अवरुद्ध 

काठमाडौं ।

अस्ट्रेलियाका तीनओटा व्यस्त विमानस्थलहरूमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तरराष्ट्रिय यात्रुहरूको उडान प्रभावित भई यात्रुहरु समस्यामा परेको जनाइएको छ।

प्राविधिक समस्याले सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलहरूमा आउने र जाने अन्तरराष्ट्रिय उडानहरूको लागि विद्युतीय पासहरू प्रभावित भएको जनाइएको छ।

स्थानीय मिडियाले रिपोर्ट गरेअनुसार प्रणलीमा अवरुद्धका  भएका कारण अन्तर्राष्ट्रिय टर्मिनलहरूमा यात्रुहरूको लामो लाइनहरू थिए।

अस्ट्रेलियाली सीमा बलका प्रवक्ताले न्यूज कर्प अष्ट्रेलियाका अखबारहरूलाई जानकारी गराएअनुसार एजेन्सीलाई समस्याको बारेमा थाहा थियो र यात्रुहरूलाई भौतिक रूपमा प्रशोधन गर्न थप अधिकारीहरू खटाइएको थियो।

उनीहरुले समस्या समाधान गर्न प्रयास जारी राख्दै यात्रुहरूको धैर्यताका लागि आह्वान गरेका छन्।–रासस

प्रकाशित: २ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...