हायरको ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ दशैं योजना सञ्चालनमा

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
हायरको ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ दशैं योजना सञ्चालनमा

काठमाडौं ।

घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ।

नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले दशैंको अवसरमा विद्युतीय तथा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको बताएको छ।

योजनाअन्तर्गत हायर ब्रान्डका रेफ्रिजेरेटर, वासिङ मेसिन, चेस्ट फ्रिज र एसी खरिद गर्दा ग्राहकले विभिन्न उपहार, क्यासब्याक तथा निःशुल्क जडानजस्ता सुविधा प्राप्त गर्नेछन्।

योजनाअन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजेरेटर खरिद गर्दा ग्राहकले १ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा ड्राई आइरन निःशुल्क प्राप्त गर्न सकिनेछ।

त्यस्तै, डबल डोर रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा ग्राहकले ‘स्योर सट गिफ्ट’का रूपमा ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन्। साइड–बाइ–साइड रेफ्रिजेरेटरका सम्पूर्ण मोडल खरिदमा भने १६ हजार ९९० रुपैयाँ मूल्य पर्ने महाराजा फुड प्रोसेसर निःशुल्क उपलब्ध गराइने बताएको छ।

वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिक फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ग्राहकले इन्फ्रारेड कुक टप उपहार प्राप्त गर्नेछन्। यसैगरी, हायर ब्रान्डका इन्भर्टर एसीका सबै मोडल खरिदमा ग्राहकले ३ हजार रुपैयाँ मूल्य बराबरको निःशुल्क इन्स्टलेसन सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामार्फत समेत हायरका विभिन्न उपकरण खरिद गर्न सक्नेछन्।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...