च्याटजीपीटी, ग्रोक र जेमिनी एकै समयमा किन भए डाउन ?

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
च्याटजीपीटी, ग्रोक र जेमिनी एकै समयमा किन भए डाउन ?

काठमाडौं ।

केही दिनअघि केही ठूला कृत्रिम बौद्धिकता (एआई) सेवाहरुमा समस्या देखियो। प्रयोगकर्ताहरुले सञ्चालमा समस्या भएको रिपोर्ट गरे।

केही दिनअघि समस्या देखिएका सेवाहरु ओपनएआई, च्याटजीपीटी, जेमिनी र एक्सएआई ग्रोक हुन्।

च्याटजीपीटीसम्बन्धित समस्याको रिपोर्ट अचानक बढेको देखियो। दिउँसोको समयमा अन्य एआई प्रयोगकर्ताहरुले यस्तै समस्या रिपोर्ट गरेका थिए।

सबै समस्या एकै समयमा सुरु भएका भने थिएनन्। ती समस्याहरुबीच कुनै सम्बन्ध रहेको आधिकारिक पुष्टि भएको छैन।

जेमिनी र ग्रोकमा पनि समस्या

टेलिग्राफीका अनुसार विभिन्न देशका प्रयोगकर्ताहरुले त्रुटि देखिाएको सेवा ढिलो लोड भएको र प्रश्नको उत्तर प्राप्त गर्न समस्या भएको बताएका थिए। गुगलले समस्याको कारण सार्वजनिक गरेन र यो विश्वव्यापी ठूलो अवरोध भएको पनि पुष्टि गरे।

इलन मस्कको एआई कम्पनी एक्सएआईको च्याटबोटमा पनि समस्या देखिएको रिपोर्ट गरियो। ग्रोकको एन्ड्रोइड एपको आधिकारिक स्टाटस पेजमा मोडलहरुमा समस्या देखिएको उल्लेख गरेको थियो। डाउनडिडेक्टरमा पनि एक हजार भन्दा बढी प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए।

जेमिनी र ग्रोकमा देखिएका केहि समस्याहरु भने छोटो समयमै समाधान भएका थिए। दिउँसो विभिन्न सेवाको अवस्था परिवर्तन भइरहेको थियो।

एआई सेवामा देखिएको समस्या एउटैकारणले भएको हो भन्ने स्पष्ट भएन।

धेरै प्लेटर्फममा समस्या आउनुको कारण बन्न सक्ने समस्या इन्टरनेट इन्फ्रास्ट्रिक्चरमा धेरै समस्या देखिएको प्रमाण पनि भेटिएन।

रिपोर्ट तयार पार्दासम्म आधिकारिक स्टेटस पेजमा च्याटजीपीटी प्रयोगकताहरुबाट आएको ठूलो संख्याको रिपोर्टसँग मेल खाने कुनै नयाँ घटना पहिचान गरिएको उल्लेख थिएन।

यसअघि सोही दिन कम्पनीले च्याटजीपीटीको वर्क मोडमा छोटो समयका लागि छुट्टै समस्या आएको जनाएको थियो। उक्त समस्या भने समाधान भइसकेको थियो।

यस हिसाबले हेर्दा धेरै सेवामा एकैपटक समस्या आयो तर कारण भने राम्ररी पत्ता लागेन। अहिले भने सबै सेवाहरु राम्रैसँग सुचारु भइसकेका छन्।

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...