यो महिना मिभी वन फाइभजी सार्वजनिक गर्दै मिभी ब्राण्ड भारतीय स्मार्टफोन बजारमा प्रवेश गर्ने

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
यो महिना मिभी वन फाइभजी सार्वजनिक गर्दै मिभी ब्राण्ड  भारतीय स्मार्टफोन बजारमा प्रवेश गर्ने
तस्बिर: जीएसएमएरिना

काठमाडौं ।

भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड मिभीले आफ्नो पहिलो स्मार्टफोन मिभी वन फाइभजी सार्वजनिक गर्दै यो महिना भारतीय स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ।

गत महिना भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड फायर बोल्टले बोल्ट एस फाइभजी र बोल्ट इभो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै भारतीय स्मार्टफोन बजारमा प्रवेश गरेको थियो। अब अर्को भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड मिभी पनि आफ्नो पहिलो स्मार्टफोन मिभी वन फाइभजी मार्फत यो बजारमा प्रवेश गर्न लागेको हो।

मिभी वन फाइभजीमा स्न्यापड्रागन चिप प्रयोग हुनेछ। यो स्मार्टफोन अनलाइन माध्यमबाट फ्लिपकार्ट मार्फत मात्र बिक्री गरिनेछ।

मिभीले आफ्नो आधिकारिक एक्स अकाउन्टमा सार्वजनिक गरेका टिजरअनुसार मिभी वन फाइभजीमा फ्ल्याट ब्याक प्यानल हुनेछ। यसको कलर विकल्पमध्ये हरियो पनि रहनेछ। फ्लिपकार्टले भने यो स्मार्टफोन ‘क्लिन सफ्टवेयर’ सहित आउने जनाएको छ।

यस बाहेक मिभी वा फ्लिपकार्ट ले मिभी वन फाइभजीका अन्य कुनै विवरण सार्वजनिक गरेका छैनन्। तर सार्वजनिक मिति नजिकिँदै जाँदा मिभीले स्मार्टफोनबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...