स्पेसएक्सको स्वामित्वमा रहेको कर्सरलाई एआई मोडल उपलब्ध नगराउने ओपनएआईको निर्णय

  • Technology Khabar | १५ भाद्र २०८३, सोमबार
स्पेसएक्सको स्वामित्वमा रहेको कर्सरलाई एआई मोडल उपलब्ध नगराउने ओपनएआईको निर्णय

काठमाडौं ।

ओपनएआईले शुक्रबार स्पेसएक्सको स्वामित्वमा रहेको कोडिङ टुल कम्पनी कर्सरलाई एआई मोडल उपलब्ध गराउन बन्द गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एलन मस्कबीचको विवाद थप चर्किएको छ।

मस्क र अल्टम्यानबीच लामो समयदेखि विवाद रहँदै आएको छ। यो विवाद यसै वर्षको सुरुमा मस्कले ओपनएआईविरुद्ध दायर गरेको १५० अर्ब डलरको मुद्दासम्म पुगेको थियो।

उक्त मुद्दाको सुनुवाइका क्रममा मस्कका वकिलले मस्कसहित अन्य साक्षीले अल्टम्यानलाई झूट बोल्ने व्यक्ति भएको बताएका थिए। ओपनएआईले भने मस्कले कम्पनीमाथि नियन्त्रण लिन खोजेको आरोप लगाएको थियो।

ओपनएआईले आफ्नो पोस्टमा स्पेब्लग सएक्सले आफ्नो प्रविधि सेवा सर्तअनुसार प्रयोग गर्नेमा विश्वस्त हुन नसकेका कारण कर्सरलाई एआई मोडल उपलब्ध गराउन बन्द गर्ने निर्णय गरेको जनाएको छ। मस्कका कम्पनीहरूले यसअघि सम्झौता उल्लंघन गरेको अनुभवका आधारमा यस्तो निर्णय गरिएको ओपनएआईले बताएको छ।

रोयटर्सका अनुसार मस्कले शनिबार बिहान एक्समा पोस्ट गर्दै आफूलाई यस विषयमा कुनै चासो नभएको प्रतिक्रिया दिएका छन्।

उनले अल्टम्यान र ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यानलाई ‘विश्वास गर्न नसकिने’ व्यक्ति भन्दै उनीहरूले ‘ओपन सोर्स गैरनाफामूलक संस्था चोरेको’ आरोप दोहोर्‍याएका छन्।

विश्वकै धनी व्यक्ति मस्कले ओपनएआई र अल्टम्यानविरुद्ध कम्पनीको सुरुवाती गैरनाफामूलक उद्देश्यबाट विचलित भएर व्यक्तिगत लाभका लागि ‘च्यारिटी चोरेको’ आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। तर, यसै वर्ष संघीय जुरीले मस्कको पक्षमा फैसला गरेन। मुद्दा दायर गर्न मस्कले ढिला गरेको जुरीले ठहर गरेको थियो।

यद्यपि, कर्सरका सहसंस्थापक तथा अहिले स्पेसएक्सका कार्यकारी रहेका माइकल ट्रुएलले एक्समा ओपनएआईको टोलीसँग यो समस्या समाधान गर्न छलफल भइरहेको बताएका छन्।

ओपनएआईको घोषणाको केही घण्टापछि ओपनएआई र स्पेसएक्स दुवैको प्रतिस्पर्धी एन्थ्रोपिकले कर्सरमा क्लाउड मोडललाई सहयोग गर्न थप कम्प्युटिङ क्षमता उपलब्ध गराउने योजना रहेको जनाएको छ। एन्थ्रोपिकका सहसंस्थापक टम ब्राउनले यसको जानकारी दिएका हुन्। एन्थ्रोपिक र स्पेसएक्सबीच यसअघि नै साझेदारी रहेको छ।

ओपनएआईले आफ्नो ब्लग पोस्टमा एक्स, जसलाई यसअघि ट्वीटर भनिन्थ्यो र अहिले स्पेसएक्सको हिस्सा हो, मस्कले प्लेटफर्म अधिग्रहण गरेपछि ओपनएआईसँगको सम्झौताका सर्त उल्लंघन गरेको जनाएको छ।

ओपनएआईका अनुसार स्पेसएक्सजस्तो ठूलो साझेदारसँग काम गर्दा सेवा सर्त पालना सुनिश्चित गर्न र ठूलो स्तरमा सुरक्षित रूपमा प्रविधि प्रयोग हुने व्यवस्था गर्न सामान्यतया विशेष सम्झौता आवश्यक हुन्छ।

च्याटजीपीटी निर्माता ओपनएआईले कर्सरसँगको सम्झौता रद्द गर्न नोभेम्बर १२, २०२६ लाई प्रस्तावित मिति बनाएको छ। कम्पनीका अनुसार कर्सरसँगको सम्झौतामा स्वामित्व परिवर्तन भएपछि निश्चित समयभित्र सम्झौता रद्द गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित: १५ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार