काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालमा ४ करोड ४८ लाख ५९ हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ८ देशहरुबाट उक्त मूल्य बराबरका ४ हजार ७२७ थान यस्ता माइक्रोवेभ ओभन आयात गरेको हो।
यी परिमाणमा माइक्रोवेभ ओभन आयातवापत् सरकारले १ करोड ५ लाख ६६ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।
यसरी नेपाल भित्रिएका ओभनमध्ये सबैभन्दा धेरै चीनबाट २ करोड ५० लाख ३४ हजार बराबरको २ हजार ५६७ थान तथा भारतबाट १ करोड ९७ लाख ६२ हजार बराबरको २ हजार १२३ थान आएको छ।
यसैगरी कतारबाट ६ हजार बराबरको ३ थान, यूएईबाट ७ हजार बराबरको ३ थान, साउदी अरेबियाबाट २४ हजार बराबरको २२ थान र कुवेतबाट ८ हजार बराबरको २ थान आयात भएको छ।
कोरीयाबाट ६ हजार बराबरको २ तथा हङ्कङबाट १२ हजार बराबरको ५ थान थान माइक्रोवेभ ओभन आएको तथ्याङ्कले देखाएको छ।
यस्तो छ आयातको विवरण:
| क्र. स. |
देश |
परिमाण |
रकम |
| १ |
चीन |
२५६७ |
२५०३४ |
| २ |
भारत |
२१२३ |
१९७६२ |
| ३ |
कुवेत |
२ |
८ |
| ४ |
कतार |
३ |
६ |
| ५ |
साउदी अरेबिया |
२२ |
२४ |
| ६ |
यूएई |
३ |
७ |
| ७ |
कोरिया |
२ |
६ |
| ८ |
हङकङ |
५ |
१२ |
प्रकाशित: १५ भाद्र २०८३, सोमबार