बाढी प्रभावित क्षेत्रका लागि आईटीयूले पठायो २० ओटा स्याटेलाइट फोन, ५ ओटा स्याटेलाइट फोन एनसेलले दियो

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
बाढी प्रभावित क्षेत्रका लागि आईटीयूले पठायो २० ओटा स्याटेलाइट फोन, ५ ओटा स्याटेलाइट फोन एनसेलले दियो

काठमाडौं ।

भोटेकोशीमा आएको बाढीपछि उत्पन्न भएको सञ्चार सम्पर्कमा देखिएको समस्या समाधानका लागि थप प्रयास भएको छ। सरकारले विपदग्रस्त भएका दुर्गम क्षेत्रमा प्रयोग गर्नेगरी स्याटेलाइट फोनहरु व्यवस्थापन गरेको छ।

आजै उक्त स्याटेलाइट फोनहरु नुवाकोट पुर्याईने तयारी गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेलका सेवाहरु पुग्न नसकेका स्थानहरुमा सञ्चार सम्पर्क गर्न र उद्दारमा सहज बनाउनका लागि २५ ओटा स्याटेलाइट फोनहरुको व्यवस्थापन गरेको हो।

प्राधिकरणकाअनुसार, अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले पठाईदिएको स्याटेलाइट फोनहरु आजै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा लगिँदैछ।

आईटीयूले पठाएको २० ओटा स्याटेलाइट फोन युनिट आजै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको ५ भने प्राधिकरणले उक्त स्याटेलाइट फोनहरु सो क्षेत्रमा पठाउँदैछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा सूचना आदानप्रदान सहज बनाउने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको हो।

यस बाहेक नीजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलसँग रहेको ५ ओटा स्याटेलाइट पनि उद्दार अभियानका लागि पठाईँदैछ।

एनसेलले आफूले प्रयोग गरिरहेको उक्त ५ ओटा स्याटेलाइट फोनहरु सरकारलाई उद्दार अभियानमा प्रयोग गर्न दिएको स्रोतले जानकारी दियो।

उक्त स्याटेलाइट फोनहरुले सञ्चार सम्पर्क विच्छेद भएको स्थानहरुमा सम्पर्क गर्न र उद्दार टोलीलाई सहयोगी हुने विश्वास लिईएको छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार