भ्रम सृजना गरी ठगी धन्दा गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
भ्रम सृजना गरी ठगी धन्दा गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सृजना गरी ठगी धन्दा गर्ने व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राऊ पर्नेमा रामैछापको गोकुलगङ्गा गाउँपालिका-२ ठोसे बस्न ३२ वर्षीय भगवान कार्की रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बाढी प्रभावितहरुको उद्धार तथा राहत संकलनको लागि नेपाल सरकारद्धारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख बीस हजार रुपैयाँ रकम सहयोग गरेको भन्दै च्याटजीपीटीको प्रयोग गरेर नक्कली स्टेटमेन्ट तयार गरी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालहरुमा पोष्ट गरेका कारण कार्कीलाई प्रकाउ गरिएको हो।

कार्की माथि थप अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार