हुन्डाईले नयाँ स्पोर्ट्स कारको सिरिज ल्याउने योजना बनाएको छ। यी कारहरू शक्तिशाली एन मोडल र एन लाइन संस्करणको बीचमा रहनेछन्।
नयाँ मोडलमा एन मोडलमा प्रयोग भएका केही प्रविधि र पार्टपुर्जा प्रयोग गरिनेछ। तर यी कारहरू सस्तो र दैनिक प्रयोगका लागि बढी उपयुक्त हुनेछन्।
टेलिग्राफका अनुसार हुन्डाईले नयाँ सिरिजको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन। साथै, यसमा पेट्रोल इन्जिन, विद्युतीय मोडल वा दुवै हुनेछन् भन्ने पनि पुष्टि गरेको छैन।
नयाँ सिरिजको पहिलो मोडल सन् २०३० मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।