एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार
एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट लेख्दै कुकले बाढीबाट प्रभावितहरू प्रति सहानुभूति प्रकट गरेका हुन्।

एप्पलले राहत र पुनर्निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने समेत घोषणा गरेका छन्।

उनले लेखेका छन्, ‘नेपाल र तिब्बतमा आएको दुखद आकस्मिक बाढी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ। एप्पलले त्यहाँको राहत र पुनर्निर्माण प्रयासहरूमा सहयोग पुर्‍याउन आर्थिक सहयोग दिँदैछ।

 

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार