काठमाडौं ।
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको जनाएको छ। कम्पनीका अनुसार अब भिगो ई२ को बुकिङ रु. ३७ लाख ९९ हजारको घोषित एमआरपीमै हुनेछ।
गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको भिगो ई२ मा ६ दिनमै चाडपर्वमा बिक्री गर्ने लक्ष्यभन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ। उच्च मागका कारण सीमित अवधिका लागि ल्याइएको विशेष अफर नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार भिगो ई२ मा नामी ई२ प्लसका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरिएको छ। आधुनिक डिजाइन, फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण मोडलप्रति उपभोक्ताको आकर्षण बढेको कम्पनीले जनाएको छ।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले उच्च मागका कारण विशेष अफर समयअघि नै समाप्त गर्नुपरेको बताए।
“सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्यो,” पन्तले भने।
कम्पनीले अब भिगो ई२ को बुकिङ घोषित एमआरपीमै निरन्तर रहने जनाएको छ। नेपाली बजारबाट प्राप्त उच्च बुकिङले भिगो ई२ प्रति उपभोक्ताको चासो देखाएको कम्पनीको दावी छ।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार