काठमाडौं ।
नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेड सिरिज आएको छ।
यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ ग्यालेक्सी वाचडिभाइसहरू पनि सार्वजनिक गरिएको छ। ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ अब नेपालभर उपलब्ध छन्। बिक्री अगस्ट २६ देखि सुरु हुनेछ।
नयाँ ग्यालेक्सी जेड सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ। ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा मा भायोलेट श्याडो सबैभन्दा लोकप्रिय रङ बनेको छ भने ग्यालेक्सी जेड फोल्ड८मा ल्याभेण्डर र ग्यालेक्सी जेड फ्लिप८ मा पिंक सबैभन्दा धेरै रोजिएको रङ बनेको कम्पनीको दावी छ।
नयाँ ग्यालेक्सी जेड सिरिज: तीन फरक फोल्डेबल अनुभव
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा ले सामसङ को प्रिमियम अल्ट्राअनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ।
कम्पनीका अनुसार यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान गर्छ। ग्यालेक्सी जेड फोल्ड८नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो।
यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य ४:३ डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ।
ग्यालेक्सी जेड फ्लिप८ सामसङ को सबैभन्दा आकर्षक फ्लिप फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० मेगापिक्सेल क्यामरा, प्रो भिजुअल इञ्जिन र फ्लेक्सक्याम अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।
ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९: हातमै सहज स्वास्थ्य व्यवस्थापन
ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ ले ग्यालेक्सी अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन्।
दुवै डिभाइस स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मद्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन्।
उपलब्धता
नयाँ ग्यालेक्सी डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न सामसङ ले २४ महिनासम्मको सजिलो ईएमआई सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई सामसङ को नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ।
यस्तो छ मूल्यसूची:
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार