नेपाली स्टार्टअप एनच्याटले ल्यायो एआईबिल्डर, कोडिङबिना आफ्नै एप बनाउन सकिने

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
नेपाली स्टार्टअप एनच्याटले ल्यायो एआईबिल्डर, कोडिङबिना आफ्नै एप बनाउन सकिने

काठमाडौं ।

नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्तालाई कोडिङ तथा प्राविधिक ज्ञानबिना आफ्नै डिजिटल एप तथा मिनिएप निर्माण गर्न सक्ने एआईबिल्डर सुविधा अघि सारेको छ।

एनच्याटका अनुसार एआईबिल्डर मार्फत व्यवसाय, विद्यार्थी, स्टार्टअप तथा विभिन्न संस्थाले आफ्नो आवश्यकता अनुसार डिजिटल सोलुसन निर्माण गर्न सक्नेछन्। यसको उद्देश्य सामान्य प्रयोगकर्तालाई पनि आफ्नो आइडियालाई डिजिटल प्रोडक्ट मा रूपान्तरण गर्न सहज बनाउनु हो।

एनच्याटको प्लेटफर्ममा रहेको बिल्डरमार्फत विजनेस एप, स्कुल स्टिम, रेष्टुरेन्ट स्टिम, कम्यूनिटि प्लेटफर्म, इन्टर्नल कम्पनी टुल तथा स्टार्टअप एमभीपी जस्ता सोलुसन निर्माण गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई विशेषगरी नेपालका साना तथा मझौला व्यवसाय विद्यार्थी, अन्ट्रप्रेनर्स र क्रियटरका लागि उपयोगी हुने अपेक्षा गरेको छ। सामान्यतया एउटा एप वा वेबसाइट बनाउन डेभलपर, टेक्निकल नलेज र अतिरिक्त लागत आवश्यक पर्ने भए पनि एआई तथा नो कोड टेक्नोलोजीको प्रयोगबाट उक्त प्रक्रिया सरल बनाउने एनच्याटको लक्ष्य छ।

एनच्याटले एआईबिल्डरलाई केवल व्यवसायिक प्रयोगमा सीमित नराखी विद्यार्थी तथा युवालाई आफ्नै समुदायमा देखिएका समस्याको डिजिटल सोलुसन बनाउन प्रयोग गर्ने अवधारणा पनि अघि सारेको छ।

यसले विद्यार्थीलाई केवल टेक्नेलोजी प्रयोगकर्ता नभई ‘प्रोबलम स्लोभर; र ‘बिल्डर’ का रूपमा विकास गर्न सहयोग गर्ने कम्पनीको लक्ष्य छ।

एनच्याट अहिले म्यासेजिङ, भोइस भिडियो कल, कम्यूनिटि, मिनि एप लगायत डिजिटल सर्भिसलाई एउटै इकोसिस्टमजोड्ने उद्देश्यसहित अघि बढिरहेको छ।

कम्पनीको अफिसियल बेवसाइट अनुसार एनच्याटको बिल्डर मा ‘नो कोड’ एप्राच मार्फत एप निर्माण गर्ने सुविधा उपलब्ध छ र प्लेटफमले एप निर्माणलाई करिब १० मिनेटभित्र सुरु गर्न सकिने बताएको छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...