डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै

काठमाडौं ।

‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौं संस्करण कार्यक्रम भाद्र ११ गते संचालन हुने भएको छ।

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डाटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।

सरकारले सन् २०१९ मा सार्बजनिक गरेको डिजिटल नेपाल फ्रेमवक्रको आधारमा नीतिगत बहस र डिजिटल रुपान्तरणको एजेन्डामा सन् २०२० देखि नै डिजिटल संवाद र कन्क्लेभहरु सुरु भएको थियो।

आयोजकका अनुसार यस वर्षको कन्क्लेभमा ३ बढी कि–नोट प्रस्तुति, ५ वटा विषयगत प्यानल संवाद र एउटा पावर संवाद सेसन सन्चालन हुनेछ। केहि बिषयगत बिज्ञको प्रस्तुतिसँगै १० बढी डिजिटल नेपालको लागि काम भइरहेका इन्नोभेसनको प्रस्तुति (डिजिटल स्पार्क) पनि रहेको छ।

डिजिटल नेपाल बनाउने सरकारको महत्वाकांक्षी योजनामा निजी क्षेत्र, सरकार र अन्तरास्ट्रिय निकायलाइ सहभागी गराएर सँगै छलफलको बातावरण बनाउँदै नीतिगत सुधार र कार्यन्वयनमा जोड दिनु कार्यक्रमको मुख्य उदेश्य रहेको फाउन्डेसनको अध्यक्ष राजन लम्सालले जानकारी दिए।

डिजिटल इकोसिस्टमको लागि सरकारी र निजी क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि तथा इन्नोभेसनलाइ पनि प्राथमिकताको साथ यो अभियानमा जोड्ने पहल रहेको लम्सालले बताए।

नेपालमै नेपालीले विकास गरेका प्रविधिहरु ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआइ’ले यस वर्षको कन्क्लेभमा विशेष सहकार्य गरेका छन्। यी प्रविधिहरु सँगै अन्य २० बढी नेपाली प्रविधिहरु समेत कार्यक्रममा प्रदर्शनीको रुपमा रहनेछन्।

कार्यक्रममा एआइ प्रविधिहरुको प्रत्यक्ष अनुभव गर्नेगरि टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टको प्रदर्शनी हुनेछ।

यस वर्षको कन्क्लेभका छलफल मुख्यतः तीन रणनीतिक बिषयमा केन्द्रित हुनेछ पहिलो सेसनमा गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरअन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन र डाटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ।

दोस्रो सेसनमा डाटा, एआई एन्ड साइबरसिक्युरिटीअन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबीच डेटा इन्टरअपरेबिलिटीका विषय उठाइनेछन्।

तेस्रो सेसनमा डिजिटल इकोनोमी एन्ड इनोभेसनअन्तर्गत डिजिटल रुपान्तरण र यसको लागि लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे बहस हुनेछ। यसैगरी अन्तिम सेसन डिजिटल नेतृत्व र रुपान्तरणको लागि राजनीतिक प्रतिबदता विषयमा केन्द्रित रहनेछ।

डिजिटल नेपाल कन्क्लेभ २०२६ ले सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याउँदै नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदान–प्रदान, लगानीका सम्भावना र रणनीतिक सहकार्यलाई थप बलियो बनाउने आयोजकको अपेक्षा छ।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार