काठमाडौं ।
यूरोपेली आयोग एप्पलका नयाँ एप स्टोर नियमबाट खुसी देखिए पनि एपिक गेम्स भने खुसी छैन। फोर्टनाइटको विकासकर्ता तथा ठूला गेम स्टोरमध्ये एकको सञ्चालक एपिक गेम्सले एप्पलले गरेका नयाँ परिवर्तनले अझै पनि डिजिटल मार्केट्स एक्ट (डीएमए) उल्लंघन गरेको जनाएको छ।
आइरिश इन्डिपेन्डेन्ट ले यूरोपेली आयोगका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, “एप्पलले आफ्ना व्यावसायिक सर्तमा गरेको परिवर्तनलाई आयोगले स्वागत गरेको छ। आयोगले एप्पलका स्टेयरिङ सर्तसँग सम्बन्धित गैर-अनुपालनसम्बन्धी निर्णय र वैकल्पिक एप वितरणसम्बन्धी प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेपछि आयोग र एप्पलबीच भएको निरन्तर छलफलपछि यी परिवर्तन भएका हुन्। यी दुवै विषय अप्रिल २०२५ मा सार्वजनिक गरिएका थिए।”
जीएसएमएरिनाका अनुसार प्रवक्ताले एप्पलले हटाएको कोर टेक्नोलोजी फी को पनि प्रशंसा गरे। तर नयाँ ५ प्रतिशत कोर टेक्नोलोजी कमिशाका बारेमा भने केही बताएनन्।
एप्पलले आईओएसका लागि तेस्रो-पक्षका एप स्टोर सञ्चालन गर्न पाउने पक्षमा पनि नियम विस्तार गरेको छ, जसलाई आयोगले सकारात्मक कदमका रूपमा लिएको छ।
प्रकाशित: ८ भाद्र २०८३, सोमबार