वर्ल्डलिंकको वाईफाई हटस्पटको ‘लिमिटेड मोबिलिटी’ फिचर बन्द, अबदेखि प्रत्येक पटक ओटिपीसहित लगइन गर्नुपर्ने

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
वर्ल्डलिंकको वाईफाई हटस्पटको ‘लिमिटेड मोबिलिटी’ फिचर बन्द, अबदेखि प्रत्येक पटक ओटिपीसहित लगइन गर्नुपर्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबिलिटी’ वाईफाई हटस्पटको सुबिधा रोक्न वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई निर्देशन दिएको छ।

प्राधिकरणले गएको शुक्रबार वर्ल्डलिंकलाई पत्र पठाउँदै एक पटकको पासवर्ड र लगिनमा हटस्पट चलाउने फिचर बन्द गर्न भनेको हो।

वर्ल्डलिंकले पनि नियामकको उक्त पत्र पाएसँगै सो फिचर बन्द भएको जानकारी गराएको छ।

यसअघिक उक्त विषयमा नेपाल टेलिकम र एनसेलले पटक पटक गुनासो गर्दै आएका थिए। उक्त कार्यले आफ्नो सेवामा असर परेको दुबै टेलिकम अपरेटरहरुको दाबी थियो।

उनीहरुले यसलाई ‘लिमिटेड मोबिलिटी भएको’ र त्यो अनुमति भन्दा बाहिरको विषय भएको गुनासो गरेका थिए।

वर्ल्डलिंकले भने आफ्ना इन्टरनेट सेवा प्रदायकहरुलाई अतिरिक्त सुबिधा दिएको दाबी गर्दै आएको थियो। यस्तो ‘सिमलेस’ अर्थात निरन्तर वाईफाईमा कनेक्ट हुने सेवा वर्ल्डलिंकका ग्राहकहरुले मात्र प्राप्त गर्दै आएका थिए।

अबदेखि उक्त वनटाइम लगइन प्रकृयामा रोक लागेको भएपनि वाईफाई हटस्पष्ट भने निरन्तर संचालन हुने बताईएको छ।

प्राधिकरणले पनि सार्वजनिक क्षेत्रहरु र सरकारी निकायमा भएका वाईफाई हटस्पटलाई निरन्तरता दिने उल्लेख गरेको जानकार स्रोतले बताएको छ।

“लिमिटेड मोबिलिटी जस्तो देखिएको भन्दै विरोध भएको थियो र दूरसञ्चार प्राधिकरणले पनि बन्द गर्न निर्देशन दिएसँगै सेवा बन्द भएको छ,” स्रोतले भन्यो।

अबदेखि, ग्राहकहरुले हरेक पटक वर्ल्डलिंकको वाईफाई हटस्पटमा लगइन गर्नका लागि वन टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन र सिमित समयको लागि वाईफाई चलाउन सक्नेछन्।

यसले वर्ल्डलिंकका ग्राहकहरुले पाउँदै आएको अतिरिक्त फिचर बन्दहुँदा उनीहरुलाई असहज हुनसक्ने बताईएको छ।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार