काठमाडौं ।
नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गर्दै बजाज अटो लिमिटेडले चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी२५०१ चेतक सी३५०३ सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका यी दुई नयाँ मोडलले नेपालमा दिगो, आकर्षक र उत्कृष्ट प्रदर्शनयुक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई थप बलियो बनाएका छन्।
व्यक्तित्व, ऊर्जा र सहज सहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको चेतक सी२५०१ ले दैनिक आवतजावतलाई नयाँ अनुभव प्रदान गर्छ। पूर्ण मेटल बडीसहितको यस स्कुटरले व्यस्त सहरी सडकमा सहज र चुस्त राइडिङ अनुभव प्रदान गदर्छ।
२.५ किलोवाट आवोर लिथियम–आयन ब्याट्रीबाट सञ्चालित सी२५०१ ले एकपटकको चार्जमा प्रमाणित आईडिसी अनुसार ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। यसको फास्ट चार्जिङ प्रणालीले केवल २ घण्टा २५ मिनेटमा ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ।
भाइब्रेन्ट कलर एलसीडि डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेजसहितको सी२५०१ ले दैनिक यात्रालाई थप रमाइलो र आकर्षक बनाउँछ।
आधुनिक ग्राफिक लिभरीसहित यो स्कुटर ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल (म्याट) र मिस्टी यल्लो गरी छ फरक रंगमा उपलब्ध छ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
चेतक सी३५०३ मा प्रतिष्ठित रेट्रो डिजाइन र आधुनिक परिष्कारको उत्कृष्ट संयोजन पाइन्छ। पूर्ण मेटल बडीमा तयार गरिएको यो इलेक्ट्रिक स्कुटर नेपालको विविध भूगोल तथा बदलिँदो मौसममा सहज रूपमा चलाउन सकिने गरी निर्माण गरिएको छ।
३.५ किलोवाट आवोर क्षमताको शक्तिशाली लिथियम–आयन ब्याट्रीबाट सञ्चालित सी३५०३ ले प्रमाणित आईडिसी अनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ। यसको उन्नत पावर प्रणालीले प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै सहरमा दैनिक आवतजावत गर्ने यात्रुका लागि सहज र भरपर्दो राइडिङ अनुभव प्रदान गर्छ।
कम्पनीका अनुसार सी३५०३ मा क्लियर डिजिटल एलसीडि डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको फराकिलो अन्डर–सिट स्टोरेज उपलब्ध छ।
घोडाको नालजस्तो आकारको क्लासिक डिआरएल हेडलाम्पले मौलिक चेतकको डिजाइनलाई झल्काउँदै पुरानो आकर्षण र आधुनिक शैलीलाई सुन्दर ढंगले जोडेको छ। सी३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार आकर्षक रंगमा उपलब्ध छ। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
लन्चका क्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘चेतकको लाइनअप विस्तारसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको छ। गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि यी दुई नयाँ मोडलमार्फत बजाजले अझ फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ। नेपाली राइडरहरूको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर यी फरक डिजाइन र विशेषतायुक्त इलेक्ट्रिक स्कुटरहरू तयार गरिएका हुन्।’
चेतक सी२५०१ र सी३५०३ दुवै अब नेपालभरका छनोट गरिएका बजाज डिलरहरूमा बुकिङका लागि उपलब्ध छन्। साथै, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आगन्तुकहरूले यी नयाँ मोडललाई प्रत्यक्ष रूपमा अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष एक्सपेरियन्स जोनहरू पनि स्थापना गरिएको छ।
बजाज नेपालले आफ्ना विद्युतीय सवारीका ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव सुनिश्चित गर्न सुदृढ सर्भिस नेटवर्कमार्फत निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार