कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा विस्तार

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा विस्तार
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ। अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ।

कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको पहलमा आम्दा मेची अस्पतालसँगको सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार आम्दा अस्पतालका रेडियोलोजिष्ट डा. देवकृष्ण यादवले नगर अस्पतालमा हप्ताको दुई दिन सेवा दिनेछन्।

उक्त सम्झौताअनुसार आगामी सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुनेछ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार सेवा विस्तारसँगै स्थानीय गर्भवती तथा अन्य बिरामीले सामान्य परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ।

कमल नगर अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको छ। अस्पताल प्रमुख कुशल श्रेष्ठका अनुसार यसअघि दमक अस्पताल एण्ड रिसर्च सेन्टरको सहकार्यमा दन्त सेवा, मेची आँखा अस्पतालमार्फत दैनिक आँखा सेवा तथा विराट टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याइसकेको छ।-रासस

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...