काठमाडौं ।
सिस्टम डाउन भएका कारणले सेवा अवरोध भएपछि निजामती सेवा अस्पताल (सिभिल अस्पताल) मा सेवाग्राही समस्यामा परेका छन्।
स्वास्थ उपाचारका लागि बिहान ४ बजेदेखि नै ओपिडीको टिकट लिन सेवाग्राही लाइनमा बसेका थिए। बिहान ७ बजेबाट अरु बेला सञ्चालन हुने टिकट काउन्टर नखुलेपछि प्रशासनलाई बुझ्दा सिस्टम डाउन भएको भनेपछि सेवाग्राहीले नाराबाजी समेत गरेका छन्।
उपचारका लागि टिकट लिन बिहानैदेखि अस्पतालमा भिड हुने गरेको छ। टाढाबाट आएका सेवाग्राहीलाई सिस्टम डाउनले गर्दा थप समस्या पैदा भएको छ।
प्रशासनले यो समस्या चाँडै समाधान गरी सेवा सुचारु गर्ने जनाएको छ।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार