ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल

  • Technology Khabar | १८ श्रावण २०८३, सोमबार
ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

ताइवानमा मानवजस्तो देखिने रोबोट स्टेजमा लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

क्वालकमको ड्र्यागनविङ आइक्यू१० एआई प्लेटफर्मद्वारा सञ्चालित मानवजस्तो देखिने रोबोट कम्प्युटेक्स २०२६ मा प्रदर्शन गरिएको थियो। कम्प्युटेक्स २०२६ एउटा महत्वपूर्ण ग्लोबल टेक्नोलोजी एक्स्पोको यो वर्षको संस्करण हो।

उक्त रोबोट वक्ताले भाषण सुरु गर्ने बित्तिकै अचानक ठूलो आवाजमा करायो र लड्यो। लडे पनि आफू सफल भएको संकेत गरे झैं गरी त्यसले आफ्नो मुठि उठायो।

रोबोट आफैं उठ्न असफल भएपछि मानिसहरुको सहयोगी टोली तुरुन्तै घटनास्थलमा पुगे। त्यसलाई सानो साटिनको कपडाले छोपे र कर्मचारी सदस्यहरूले उनलाई स्टेजबाट अप्ठेरो गरी बोकेर लगे।

घटना पछि क्वालकमले एउटा विज्ञप्ति जारी गर्दै प्रत्यक्ष प्रदर्शनमा जोखिम रहेको र टोलीले सिस्टम अझ बलियो बनाउन बहुमूल्य डाटा प्रयोग गर्ने बतायो।

प्रकाशित: १८ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

CNIYEF successfully concludes its 8th Annual General Meeting

  • Technology Khabar
  • १८ श्रावण २०८३, सोमबार