असार मसान्तसम्म ४५ करोड माथिको १ लाख ५१ हजार थान सीसीटीभी क्यामरा आयात: सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १८ श्रावण २०८३, सोमबार
असार मसान्तसम्म ४५ करोड माथिको १ लाख ५१ हजार थान सीसीटीभी क्यामरा आयात: सबैभन्दा धेरै चीनबाट
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ४५ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ४५ करोड २४ लाख ६७ हजार बराबरको १ लाख ५१ हजार २७२ थान सीसीटीभी क्यामरा आयात भएको छ। २०८३ असार मसान्तसम्म सीसीटीभी क्यामराका लागि यो रकम देशबाहिर जाँदा सरकारले ८ करोड ४४ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका नाम खुलेको १८ नाम नखुलेको १ गरी १९ मुलुकबाट उक्त परिमाणको सीसीटीभी क्यामरा आयात भएको देखिन्छ।

यसरी आयात भएका सीसीटीभी क्यामरालाई सीसीटीभी क्यामरा (हाइ स्पीड), सीसीटीभी क्यामरा र अन्य सीसीटीभी क्यामरा गरी तीन भागमा वर्गीकरण गरिएको छ।

यस्तो छ तथ्याङ्क

सीसीटीभी (क्यामरा हाइ स्पीड)

 

क्र. सं. देश परिमाण रकम
चीन १३२०३ ३४५१६
जर्मनी १७३
भारत ३४६ ४१८१
कतार
यूएई
बेलायत

 

सीसीटीभी क्यामरा

क्र. सं. देश परिमाण रकम
चीन १९६६० ६८७०९
भारत २११२ २८९७
यूएई

अन्य सीसीटीभी क्यामरा

क्र. सं. देश परिमाण रकम
अस्ट्रेलिया १४
क्याम्बोडिया १० ७६६
चीन ९९६७० २५१९१०
हङकङ ११ १६
भारत १६१३५ ६८४२३
दक्षिण कोरिया ५६
कुवेत
नेदरल्याण्ड्स
नाम नखुलेको ११०
१० पोर्चुगल ७५ १९२२४
११ कतार
१२ स्विजरल्याण्ड १८
१३ ताइवान ८१२
१४ थाइल्याण्ड २८३
१५ यूएई
१६ बेलायत ३९
१७ अमेरिका २३६

 

प्रकाशित: १८ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार