११ लाख रुपैयाँ हाराहारीको बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद

  • Technology Khabar | १४ श्रावण २०८३, बिहीबार
११ लाख रुपैयाँ हाराहारीको बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद

काठमाडौं ।

प्रहरीले दाङबाट १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरेको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१, पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्री बरामद गरिएको हो।

बरामद गरिएका सामग्रीको अनुमानित मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ। बरामद सामग्रीमा २२८ थान एन्ड्रोइड मोबाइलका डिस्प्ले, तीन थान एन्ड्रोइड मोबाइलका ब्याट्री तथा एक–एक थान आईफोन १६, आईफोन १३, आईफोन १२ र आईफोन ११ रहेका छन्।

बरामद गरिएका सामग्रीमध्ये एन्ड्रोइड मोबाइलका २२८ थान डिस्प्लेको अनुमानित मूल्य ६ लाख ८४ हजार रुपैयाँ, तीन थान ब्याट्रीको ६ हजार रुपैयाँ, आईफोन १६ को १ लाख ८० हजार रुपैयाँ, आईफोन १३ को ७५ हजार रुपैयाँ, आईफोन १२ को ७० हजार रुपैयाँ तथा आईफोन ११ को ६० हजार रुपैयाँ रहेको बताइएको छ।

बरामद गरिएका सबै सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाउने कार्य भइरहेको छ।

प्रकाशित: १४ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार