ईपीएसलाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम भर्ने म्याद साउन १८ गतेसम्म, शनिबार र आइतबारसमेत खुला रहने

  • Technology Khabar | १४ श्रावण २०८३, बिहीबार
ईपीएसलाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम भर्ने म्याद साउन १८ गतेसम्म, शनिबार र आइतबारसमेत खुला रहने

काठमाडौं ।

राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत राहदानी आवेदन फाराम खुला रहने जनाएको छ।

विभागले आज एक सूचना जारी गर्दै २०८३ साउन १८ गते सोमबारसम्म आवेदन फाराम खुला रहने जानकारी दिएको हो।

यसैगरी, वैदेशिक रोजगार विभागको २०८३ साउन १४ गतेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणालीका लागि आवेदन भर्ने म्याद थप भएकाले सो विषयलाई समेत ध्यानमा राखी राहदानी विभागले थप आवेदन फाराम खुला रहने व्यवस्था गरेको जनाएको छ ।

विभागले सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ।

प्रकाशित: १४ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार