असार मसान्तसम्म साढे ५ करोड माथिका २ हजार १ सय १८ थान एटीएम मेशिन आयात

  • Technology Khabar | १४ श्रावण २०८३, बिहीबार
असार मसान्तसम्म साढे ५ करोड माथिका २ हजार १ सय १८ थान एटीएम मेशिन आयात
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपालमा एटीएम मेशिनको आयात प्रत्येक महिना बढ्ने गरेको पाइएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को २०८३  सार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा २ हजार १ सय १८ थान एटीएम मेशिन आयात भएको छ।

उक्त अवधिसम्म आयात भएको २ हजार १ सय १८ थान एटीएम मेशिनका लागि देशबाट ५ करोड ५५ लाख ४५ हजार रुपैयाँ बाहिरिएको छ।

सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा १ करोड ६६ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि पहिलेका महिनामा झैं छिमेकी चीन र भारतसहित कतार, यूएई र संयुक्त राज्य अमेरिकाबाट एटीएम मेशिन आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट २९ लाख ९ हजार बराबरको १ हजार २१९ थान तथा भारतबाट ५ करोड १७ लाख २५ हजार बराबरको ८९२ थान एटीएम मेशिन आयात भएको छ।

यस्तै कतारबाट १ हजार बराबरको ५ थान, यूएईबाट मूल्य उल्लेख नभएको १ थान र संयुक्त राज्य अमेरिकाबाट ९ लाख ११ हजार बराबरको एक थान एटीएम मेशिन नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।

विवरण

क्र.सं. देश विवरण रकम (हजारमा)
भारत ८९२ ५१७२५
चीन १२१९ २९०९
कतार
यूएई
अमेरिका ९११

 

प्रकाशित: १४ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार