अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौं ।

प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन् ।

उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ। उनीहरूले मोबाइल बैंकिङसमेतबाट रु एक करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको छ।

उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार