विशेष अदालतले डकुमेन्ट म्यानेजमेन्ट सिस्टम सुरुवात गर्दै

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
विशेष अदालतले डकुमेन्ट म्यानेजमेन्ट सिस्टम सुरुवात गर्दै

काठमाडौं ।

विशेष अदालतले स्मार्ट कोर्टको अवधारणाअन्तरगत डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) र (सीएमएस) सम्बन्धी तालिम एवं डिएमएसको सुरुवात गर्ने तयारी गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिईएको हो।

यस्तै ‘विशेष अदालतबाट भएका केही फैसलाहरुको संगालो २०८३’ पुस्तक अनावरण गरिएको छ। पुनःस्थापना गरिएको डिजिटल सिटिजन्स चार्टरको सोही दिन अदालतका अध्यक्ष सुदर्शनदेव भट्टले पुन: अनावरण गरे।

अध्यक्ष भट्टले भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनमा क्षतिग्रस्त भवन, आईटीसँग सम्बन्धित कम्प्युटर, स्क्यानर, टिभी स्क्रीन, डिजिटल सिटिजन चार्टर, सीसीटिभी प्रिन्टर लगायतका कामकारवाहीका लागि अत्यावश्यक सामाग्रीहरु तोडफोड तथा जलेका र अदालतको सफ्टवयर रिकभर हुन समय लागेका कारण करिब ३/४ महिना अदालतलाई पुनःस्थापना हुन समय जानकारी दिए।

अदालतका अनुसार जेनजी आन्दोलनको प्रभावले अवरोध भएका यूएनडिपीको सहयोगमा आईटी सामाग्रीहरु लगायतका सामाग्रीहरु प्राप्त गरी पुनःसञ्चालन गरिएको (कम्प्युटर, स्क्यानर, प्रिन्टर, टिभी स्क्रीन,सीसीटिभी, पिएच इन्टरकम) पुनःस्थापना गरिएको छ।

न्याय सम्पादनलाई पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउन अनलाइन माध्यमबाट बहस र बकपत्र (विदेशबाट समेत) एवं अनलाइन तारिख दिने व्यवस्था गर्न प्रयासहरु भएका छन्।

एसएमएस मार्फत पेशी र तारेखको सूचना एवं ह्वाट्सएप, भाइबर, ईमेलबाट मुद्दाका पक्ष र वकिललाई अभियोगपत्र, आदेश तथा फैसलाको जानकारी दिने गरिएको छ।

भदौ २३/२४ को परिस्थितिले भएको क्षतिपछि कम्प्युटर, प्रिन्टर, स्क्यानर, डिस्प्ले टिभी, फोन इन्टरकमजस्ता डिजिटल उपकरणको व्यवस्थापन गरी सेवामा प्रभावकारिता ल्याइएको छ।

डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र (सीएमएस) सम्बन्धी तालिम एवं डिएमएसको सुरुवात हुने भएको छ। आगामी दिनको कार्यदिशामा अदालतले स्मार्ट कोर्ट बनाउने उद्देश्य लिएको छ।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार