मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे १४ अर्बले घट्यो

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे १४ अर्बले घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा उल्लेख्य गिरावट आएको पाइएको छ।

यसअघि चैत मसान्तबाट वैशाख मसान्तसम्म आइपुग्दा कारोबार रकममा गिरावट र सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ जेठ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट आएको पाइएको हो।

मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या चैत २०८२ देखि वैशाख २०८३ सम्मको एक महिनाको अवधिमा ४४ लाख २५ हजार ३८४ ले बढेर समग्रमा ७ करोड ८८ लाख ९२ हजार २६८ पुगेको थियो।

२०८३ वैशाख मसान्तबाट जेठ मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा १५ लाख ६६ हजार ३८२ ले घटेर ७ करोड ७३ लाख २५ हजार ८८६ मा झरेको छ।

यसैगरी कारोबार रकम चैत २०८२ देखि वैशाख २०८३ सम्मको एक महिनाको अवधिमा ६ अर्ब ३२ करोड ३० लाखले घटेर समग्रमा ६ खर्ब १२ अर्ब ३९ करोड ४० लाख मा झरेको थियो।

यो आँकडा २०८३ वैशाख मसान्तबाट जेठ मसान्तसम्मको एक महिनाको अवधिमा १४ अर्ब ६३ करोड ८० लाखले घटेर समग्रमा ५ खर्ब ९७ अर्ब ५७ करोड ७० लाख रुपैयाँमा आइपुगेको प्रतिवेदनले देखाएको छ।

 

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार