काठमाडौं ।
गुगलले अगस्ट १२ मा पिक्सेल ११ परिवारको घोषणा गर्ने भएको छ। साथै केही समय अघि पिक्सेल ११ सीएडी–आधारित रेन्डरहरूमा देख परेका थियो भने अब, डिभाइसलाई तीन फरक रङहरूमा चित्रण गर्ने तीन नयाँ रेन्डरहरू देखिएका छन्।
यी सूचीहरू आगामी डिभाइसको लागि प्लेसहोल्डर वा ड्राफ्ट जस्तो देखिने सूचीहरूको अंशको रूपमा अमेजनमा फेला परेका हुन्। प्रश्नमा रहेका सूचीहरू अमेजन आफैंले बिक्रीका साथै ढुवानी गर्ने र प्लेटफर्ममा गुगल स्टोरको अंशको रूपमा देखाइने गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
तर यी रङ्गहरूको नाम अहिलेसम्म लीक भएको कुरासँग मेल नखाएको बताइएको छ। सूचीहरूको शीर्षकहरूमा तिनीहरूलाई ओब्सिडियन, हिबिस्कस र पिस्ता भनेर वर्णन गरिएका छन्। त्यसैगरी अझै पनि प्रत्येक सूचीको विवरणमा तिनीहरूलाई मिडनाइट, फुसिया र मोस भनिएको हुना ती नामहरू विगतका लीकहरूसँग मेल आएको उल्लेख गरिएको छ।
डिजाइनको हिसाबले यो स्पष्ट रूपमा पिक्सेल फोन भएको र अमेजनले समय भन्दा पहिले नै पिक्सेल ११ को लन्चको लागि तयारी गरिरहेको उल्लखे गरिएको छ। सूचीमा १०८०×२४२४ रिजोल्युसन भएको ६.३ इन्चको स्क्रिन, १२ जीबी र्याम र २५६ जीबी स्टोरेज जस्ता स्पेसिफिकेशनहरू समावेश छन्।
फोनको तौल २०४ ग्राम रहेको छ भने डिभाइसमा ४,९८५ एमएएच ब्याट्री समावेश गरिएको बताइएको छ। साथै फोनको मूल्य ८९९ अमेरिकी डलर कायम गरिएको छ।
पिक्सेल ११ मा टेन्सर जी६ चिपसेटद्वारा संचालित हुने बताइएको छ र यो टीएसएमसीको २एनएम प्रक्रियामा बनाइएको पहिलो मोबाइल एसओसी हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ३० असार २०८३, मंगलवार