काठमाडौं ।
नेटफ्लिक्सले फेरि एक पटक निःशुल्क परीक्षणहरू प्रदान गर्दैछ। स्थानको आधारमा मात्र नभएर प्रयोगकर्ताको आधारमा यी ७ देखि ३० दिनसम्मको हुनेछन्।
प्रयोगकर्ताले इन्कग्निटो ब्राउजर विन्डोमा भ्रमण गर्ने वा पहिले नै कुकीहरू खाली गर्ने प्रयास गरेका खण्डमा भने प्रयोगकर्तालाई पूरा ३० दिनको प्रस्ताव प्रदान गरिने छ। तर यो प्रस्तावे अमेरिका र बेलायतलाई बहिष्कार गरेको देखिन्छ भने त्यस बारेमा कुनै कारण खुलाइएको छैन।
धेरै प्रयोगकर्ताहरूले परीक्षणमा आफुलाई कुन योजना चाहिन्छ भनेर चयन गर्न सक्ने र परीक्षण अवधिको अन्त्यमा त्यसको लागि स्वचालित रूपमा शुल्क लिइनेछ। त्यसैगरी प्रयोगकर्ताहरूले फोरके एचडीआर स्ट्रिमिङ समावेश रहेको सबैभन्दा महँगो प्रिमियम योजना पनि रोज्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
नेटफ्लिक्सले किन आफ्नो विचार परिवर्तन गर्यो भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ। कम्पनीले हालै मूल्य बढाएर र पासवर्ड साझेदारी बन्द गरेर आफ्ना प्रयोगकर्ताहरूबाट बढी पैसा कमाउने प्रयास गरिरहेको छ। साथे नेटफ्लिक्सको प्रयोगकर्ताहरूको संख्या पहिलेको जस्तो छिटो नबढेको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २९ असार २०८३, सोमबार