काठमाडौं ।
दक्षिण कोरियाको बजारमा लन्च हुनुभन्दा अगाडि नै सामसङको बहुप्रतिक्षित फोल्डेबलको तीनओटा संस्करण देखा परेको छ।
एक रेडिट प्रयोगकर्ताले फोल्ड८ बीचमा र डिभाइसको बायाँतिर जेड फ्लिप८ र दायाँतिर जेड फोल्ड८ अल्ट्राले घेरिएको तस्बिर पोस्ट गरेका छन्। उनले उक्त डिभाइसहरू दक्षिण कोरियाको सामसङ रिटेल स्टोरमा लाइनमा राखिएको दाबी गरेका छन् भने यी वास्तवमा साइटमा रहेका एक कर्मचारीले दिएका अप्रकाशित फोल्डेबलहरू भएको पुष्टिकरण गरिएको छ।
सेमि–अनफोल्डेड (अर्ध–खुला) अवस्थामा यो फोल्ड८ को पहिलो झलक हो। साथै डिभाइसमा दुई–भाग हिञ्ज रहेको जस्तो देखिएको छ भने त्यसको केन्द्रमा कालो तत्व रहेको बताइएको छ। यो हिञ्जको काम गर्ने तरिका र फोल्डिङ स्क्रिनको क्रिज कम गर्ने सन्दर्भमा यसले के फाइदा ल्याउन सक्छ भनेर हेर्नको लागि पर्खनु पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
हालैको लीक अनुसार, अमेरिकामा ग्यालेक्सी जेड फोल्ड८ को मूल्य १,८९९ अमेरिकी डलर (२५६जीबी स्टोरेज) बाट सुरु हुनेछ भने ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको मूल्य २,०९९ अमेरिकी डलर हुने बताइएको छ।
दक्षिण कोरियामा, ग्यालेक्सी जेड फोल्ड८ को सुरुवाती मूल्य २,२७८,००० दक्षिण कोरियाली वन (१,४९९ अमेरिकी डलर) हुने अनुमान गरिएको छ भने फोल्ड८ अल्ट्राको मूल्य २,५७७,००० दक्षिण कोरियाली वन (१,६८५ अमेरिकी डलर) हुन सक्ने उल्लेख गरिएको छ। अर्कोतर्फ ग्यालेक्सी जेड फ्लिप८ को मूल्य १,६८३,००० दक्षिण कोरियाली वन (१,०९९ अमेरिकी डलर) हुने अपेक्षा गरिएको छ।
तीनओटै फोल्डेबलहरू लन्डनमा यो महिनाको २२ तारिखमा हुने सामसङको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा अनावरण गरिनेछ।
प्रकाशित: २९ असार २०८३, सोमबार