भूमि व्यवस्थापन तथा अभिलेख विभागको पब्लिक एक्सेस मोडल प्रणाली स्तरोन्नतिका कारण बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह

  • Technology Khabar | २२ असार २०८३, सोमबार
भूमि व्यवस्थापन तथा अभिलेख विभागको पब्लिक एक्सेस मोडल प्रणाली स्तरोन्नतिका कारण बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह

काठमाडौं ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभागअन्तर्गत सञ्चालनमा रहेको पीएएम (पब्लिक एक्सेस मोडल) प्रणालीको सर्भर मर्मत–सम्भार तथा स्तरोन्नतिको कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाग्राहीलाई वैकल्पिक प्रक्रियामार्फत सेवा प्रवाह गरिने जनाएको छ।

आज एक सूचना प्रकाशित गरी पब्लिक एक्सेस मोडल प्रणालीमा मर्मत तथा अपग्रेडको काम भइरहेकाले सेवाग्राहीले लिखित तथा टाइप गरिएको निवेदनमार्फत सेवा लिन आग्रह गरेको छ।

विभागले यस अवधिमा सम्बन्धित भूमि प्रशासन कार्यालय वा स्थानीय तहले एलआ।आईएमएस प्रणालीको सर्भिस डेस्कमा विवरण प्रविष्टि गरी सेवा सञ्चालन गर्न/गराउन सक्ने व्यवस्था गरिएको जनाएको छ।

विभागले प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै अर्को सूचना प्रकाशित नभएसम्म यही व्यवस्था लागू रहने जानकारी दिएको छ।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

New programmes being introduced in science and technology sector: Minister Pun

  • Technology Khabar
  • २२ असार २०८३, सोमबार