यी हुन् दूरसञ्चार प्राधिकरणको रिक्त सदस्य पदहरुका लागि योग्य आवेदकहरु

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
यी हुन् दूरसञ्चार प्राधिकरणको रिक्त सदस्य पदहरुका लागि योग्य आवेदकहरु

काठमाडौं ।

सरकारले आवेदन दिनेहरुको नाम प्रकाशित गरेको करिब डेढ महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका आवेदकहरुलाई अन्तरवार्तामा बोलाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले गत बैशाखमा माग गरेको नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य पदहरुका लागि आवेदनको बल्ल करिब २ महिनापछि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तोकेको हो।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार दूरसञ्चार प्राधिकरणको सदस्य पदहरुमा मनोनयनका लागि सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारहरूको लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम तोकेको छ।

मन्त्रालयले विभिन्न सदस्य पदका लागि आवेदन दिएकाहरुमध्येबाट केबल २३ जनालाई मात्र सङ्क्षिप्त सूचीमा राखेर व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

मन्त्रालयले प्राविधिक र प्रशासनिक तथा बजार व्यवस्थापन पद तर्फका लागि २०८३ असार २५ गतेको मिति तोकेको छ भने लेखा तथा लेखापरीक्षण र कानून पदका लागि असार २६ गते शुक्रबारको मितिमा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिने भएको हो।

प्राविधिक र प्रशासनिक सदस्यका लागि अनन्त मल्लिक, अनिलराज गौतम,  आशिष शर्मा, जनार्दन भट्ट, ज्नानेन्द्र खतिवडा, दीपेन्द्र बहादुर शाह,  नविन जि.सि. नारायण प्रसाद काफ्ले, र विमल प्रकाश साहलाई संक्षिप्त सूचीमा राखेको छ।

बजार व्यवस्थापन सदस्य पदका लागि सङ्क्षिप्त सूचीमा परेका उम्मेद्वारहरुमा दयानाथ दास, विपिन चुहान, रमेश कुमार श्रेष्ठ र सुजिता श्रेष्ठ रहेका छन्।

यसैगरी, लेखा तथा लेखापरीक्षण सदस्य पदका लागि ईन्द्रमणी पोखरेल, कविन्द्र दाहाल, क्षेत्र गोपाल प्रधान र हेमन्त राज रमाली रहेका छन्।

कानून सदस्य पदका लागि सङ्क्षिप्त सूचीमा परेका उम्मेद्वारहरुमा गणेश मान प्रधान, दिनेश कुमार अर्याल निलम कुमार ओझा प्रकाशमान बज्राचार्य भीम बहादुर गुरुङ विराज ध्वज थापा रहेका छन्।

यसअघि सरकारले कानून सदस्य पदका लागि पर्याप्त र योग्य आवेदन नआएको भन्दै अघिल्लो आवेदकहरुको सूची नै खारेज गरेर दोस्रो पटक आवेदन माग्दै सूची सार्वजनिक गरेको हो।

मन्त्रालयकाअनुसार, उम्मेदवारले आफ्नो लागि तोकिएको समयभन्दा ३० मिनेट अगाबै ब्याबसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदनसाथ पेश गरिएका सम्पूर्ण कागजातहरुको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ।

यस्तै रोजगार सम्बन्धी अनुभव पेश गरेकाहरुको हकमा सम्बन्धित रोजगारदाता निकायले प्रदान गरेको अनुभवको सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्नेछ भने व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा समेत उक्त कार्यक्रम यथावत् सञ्चालन हुने जनाएको छ।

प्राविधिक र प्रशासनिक तथा बजार व्यवस्थापन सदस्य पदका आवेदकहरु

लेखा तथा लेखापरीक्षण र कानून सदस्य पदका आवेदकहरु

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ZTE launches nubia Neo 5 GT 5G in Nepal

  • Technology Khabar
  • १९ असार २०८३, शुक्रबार