ताजा समाचार

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन: टेकपाइला इनोभेसन्स बीटूसी पार्टनर

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन: टेकपाइला इनोभेसन्स बीटूसी पार्टनर
Global IME Bank

लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन गरिएको छ।

यो सेन्टर प्रविधि क्षेत्रको संस्था टेकपाइला इनोभेसन्सको विशेष बीटूसी पार्टनरको रूपमा बजारमा आएको जानकारी दिईएको छ।

सो अवसरमा लुम्बिनी क्षेत्रलाई ‘ग्लोबल टेक हब’ बनाउने दीर्घकालीन सोचसहित आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र डाटा साइन्स कोर्सहरूको मार्गचित्र प्रस्तुत गरिएको थियो। यस सेन्टरले उच्चस्तरीय सफ्टवेयर विकास, मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षाका साथै आईटी इन्कुबेसन सेन्टर र स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्ने सेवाहरू समेत प्रदान गर्नेछ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स बुटवल, रुपन्देहीका कार्यवाहक महासचिव शिव ज्ञवालीले लुम्बिनी टेक इनोभेसन सेन्टर र यसका संस्थापक अध्यक्षको दूरदर्शी सोचको प्रशंसा गरे। उनले स्थानीय युवाहरूलाई आधुनिक प्रविधिको सीप सिकाएर आत्मनिर्भर बनाउने यो अभियान समग्र अर्थतन्त्रका लागि सुखद रहेको बताए।

साझेदारीलाई औपचारिकता दिँदै टेकपाइलाका एसोसिएट डाइरेक्टर एवं विशिष्ट अतिथि चिरञ्जीवी अधिकारीले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक ‘बीटूसी पार्टनर सर्टिफिकेट’ हस्तान्तरण गरे।

उनले यस सहकार्यमार्फत टेकपाइला इनोभेसन्सको बुटवल र वरपरका क्षेत्रमा प्रविधि विस्तार गर्ने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै वेष्टर्न मेगा कलेजका आईसीटीकी सिनियर फ्याकल्टी अस्मिता सेढाईंले यस क्षेत्रमा ‘सफ्टवेयर हब’ को अवधारणा ल्याइनु सरहानीय कार्य भएको उल्लेख गरिन्।

क्यान महासंघका सचिव नारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रीय कार्यसमिति सदस्य ध्रुबराज फुयाँल (सुदीप शर्मा) र क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले रुपन्देही जिल्ला र समग्र लुम्बिनी क्षेत्रका स्थानीय प्रतिभाहरूलाई समेटेर आईटी परामर्श र सेवा प्रवाह गर्ने यस कदमको स्वागत गर्दै पूर्ण सफलताको शुभकामना दिए।

Sajilo Visa
easy care