काठमाडौं ।
रकस्टार गेम्सले जुन २५ देखि जीटीए ६ को लागि प्रि–अर्डर सुरु गर्न गइरहेको छ। रकस्टार गेम्सले खेलको मूल्य त्यति धेरै महँगो नहुने भनेर वाचा गरेकोमा अब भने खेलको मूल्य विवरण बाहिरिएको छ।
जीटीए ६ को मूल्य ८० अमेरिकी डलर हुने आधिकारिक रुपमा उल्लेख गरिएको छ। प्रयोगकर्ताले ८० अमेरिकी डलरमा स्ट्यान्डर्ड एडिशन प्राप्त गर्न सक्नेछ भने अल्टिमेट संस्करणको लागत १०० अमेरिकी डलर हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यदि प्रयोगकर्ताले डिजिटल संस्करण प्रि–अर्डर गरेको खण्डमा भने नोभेम्बर १२ मा प्रि–लोड गर्न सुरु गर्न सक्नेछन् र त्यसरी प्रयोगकर्ताले नोभेम्बर १९ मा लन्च भएकै दिन देखि नै खेल खेल्न सुरु गर्न सक्नेछन्।
भौतिक संस्करणमा बक्स भित्र डाउनलोड कोड मात्र उपलब्ध हुनेछ र त्यसले पनि नोभेम्बर १२ मा काम गर्न सुरु गर्नेछ। त्यसैले दुई संस्करण बीचको भिन्नता भनेको केवल बक्स रहेको उल्लेख गरिएको छ।
अल्टिमेट एडिशनमा अतिरिक्त विपन्स, कार, क्लोथिङ र ट्याटूहरू हुनेछन् भने तिनीहरु कथाको विभिन्न भागहरूमा देखा पर्नेछन्। यदि प्रयोगकर्ताले नोभेम्बर २० भन्दा पहिले प्रि–अर्डर गरेको वा खरिद गरेको खण्डमा भने प्रयोगकर्ताले भिन्टेज भाइस सिटी प्याक पनि प्राप्त गर्नेछन्।
उक्त भिन्टेज भाइस सिटी प्याकमा ‘५५ भ्यापिड स्टेनियर सेडान र ग्यारेजका साथै ‘८० को दशकको आउटफिट्स र हेयरस्टाइलहरू समावेश छन्। त्यसैगरी पेस्टल रङहरू भएको विपन स्किन पनि रहने उल्लेख गरिएको छ।
प्रकाशित: १३ असार २०८३, शनिबार