काठमाडौं ।
चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ४३ अर्ब हाराहारीको साढे २० लाख हाराहारी थान स्मार्टफोन आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।
२०८३ जेठ मसान्तसम्म समग्रमा ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको २० लाख ४१ हजार १९९ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।
यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ६३ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट ३२अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरको १७ लाख १० हजार ९१० थान स्मार्टफोन आयात भएको छ।
यसैगरी भारतबाट ९ अर्ब ८२ करोड६७ लाख ४ हजार रुपैयाँ बराबरको ३ लाख १९ हजार ५८२ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
यसबाहेक विश्वका अन्य ५२ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये ३ अंकमाथि आयात भएका शीर्ष ११ कारोबार तलको तालिकामा देखाइएको छ:
| क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | अस्ट्रेलिया | २५९३ | १४६९७२ |
| २ | कम्बोडिया | १५०५ | १५५६८२ |
| ३ | क्यानडा | १४९ | १७६२७ |
| ४ | चीन | १७१०९१० | ३२८४००५० |
| ५ | भारत | ३१९५८२ | ९८२६७०४ |
| ६ | जापान | १३२३ | १०८४६८ |
| ७ | दक्षिण कोरिया | ४११५३ | ७७०८ |
| ८ | कतार | ७१९ | २४४०८ |
| ९ | यूएई | १२८१ | ११७१३८ |
| १० | बेलायत | २५५ | ३०१३० |
| ११ | सं रा अमेरिका | १४२५ | १७६६३५ |
प्रकाशित: ११ असार २०८३, बिहीबार