ताजा समाचार

अफशोर ऋणका लागि करिब २० अर्ब डलर जुटाउने विषयमा बैंकहरूसँग छलफलमा बाइटडान्स

अफशोर ऋणका लागि करिब २० अर्ब डलर जुटाउने विषयमा बैंकहरूसँग छलफलमा बाइटडान्स
Global IME Bank

टिकटकको विकासकर्ता चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले आफ्नो इतिहासकै सबैभन्दा ठूलो अफशोर ऋणका लागि करिब २० अर्ब डलर जुटाउने विषयमा बैंकहरूसँग प्रारम्भिक चरणको छलफल गरिरहेको छ।

यसबारे ब्लूमबर्ग न्युजले बुधबार यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको हो।

रिपोर्टअनुसार कम्पनीले तीन वर्षे अवधिको ऋणका लागि बैंकहरूसँग सम्पर्क गरेको छ, जसलाई बढीमा पाँच वर्षसम्म विस्तार गर्न सकिने विकल्प रहनेछ।

कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा ठूलो लगानीकर्ता बन्दै गएको कम्पनीले चिप तथा चिप डिजाइन सेवाहरू सुनिश्चित गर्न खर्च र साझेदारी बढाइरहेको छ।

Sajilo Visa
easy care