भारतमा एउटा नयाँ किफायती स्मार्टफोन ब्रान्ड आउँदै

  • Technology Khabar | १० असार २०८३, बुधबार
भारतमा एउटा नयाँ किफायती स्मार्टफोन ब्रान्ड आउँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

निकट भविष्यमा भारतमा एउटा नयाँ स्मार्टफोन ब्रान्ड लन्च गरिने नयाँ हल्ला आएको छ। यो कुनै नयाँ कम्पनी नभई फायर–बोल्ट भएको र स्मार्टफोन बजारमा विस्तार हुन गइरहेको बुझिएको छ।

२०२५ मा फायर–बोल्टले भारतीय स्मार्टवाच बजारको ९.७ प्रतिशत हिस्सा ओगटेको थियो। अब यो ‘सस्तो र भरपर्दो’ उत्पादनहरू प्रदान गरेर ठूला स्मार्टफोन ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छ। डिभाइसहरू बोल्ट ब्रान्ड अन्तर्गत बिक्री गरिने (फायर वेयरेबल्समा मात्र रहनेछ) जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कम्पनीले सुरुमा एउटा मात्र नभएर दुई वा तीनओटा स्मार्टफोन प्रस्तुत गर्नेछ। ती सबै स्मार्टफोनहरु युनिसोक चिप्सद्वारा संचालित हुनेछन् भने ती सबैको मूल्य कथित रूपमा २०,००० भारतीय रुपैयाँ (२११ अमेरिकी डलर) भन्दा कम हुनेछ। साथै अर्को महिना यी मध्ये कुनै एक स्मार्टफोन अनावरण गरिने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...