स्मार्ट पेन्डेन्टले सनबर्न बारे बताउने

  • Technology Khabar | १० असार २०८३, बुधबार
स्मार्ट पेन्डेन्टले सनबर्न बारे बताउने
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

स्मार्टफोन र स्मार्टवाचहरू उत्कृष्ट भए तापनि तिनीहरूले प्रयोगकर्तालाई सामान्यतया सनबर्न (घामले पोल्ने) को बरेमा बताउँदैनन।

तर अब सनबर्न (घामले पोल्ने) को बरेमा बताउन सक्ने स्मार्ट पेन्डेन्ट प्रस्तुत गरिएको छ। जेम नामक स्मार्ट पेन्डेन्ट हेर्दा सुन्दर गहना जस्तो देखिने बताइएको छ।

डिभाइसको टाइटेनियम च्यासिसभित्र रहेका सेन्सरहरूको श्रृंखलाले प्रयोगकर्ताको छालाले अवशोषित गरिरहेको यूभीए र यूभीबी विकिरणको मात्रा मापन गर्न सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताले कम्प्यानियन एप भित्र वास्तविक समयमा आफ्नो एक्सपोजर हेर्न सक्ने र त्यसलाई आफ्नो छालाको प्रकार, आफ्नो बानीहरू, आफूले सनस्क्रिन प्रयोग गर्ने वा नगर्ने, वा सुरक्षाको स्तर के हो भन्ने जस्ता चीजहरूसँग निजीकृत गर्न सक्ने बताइएको छ।

एकचोटि प्रयोगकर्ताले एपमा आफ्नो सबै व्यक्तिगत डाटा इन्ट्रि गरेपछि स्मार्ट पेन्डेन्टले प्रयोगकर्तालाई सनबर्न हुनु अघि सुरक्षा बिना घाममा कति समयसम्म रहन सकिछ भन्ने अनुमान प्रदान गर्नेछ।

जेमको ब्याट्री एक पटक चार्ज गर्दा लगभग एक हप्ता टिक्ने बताइएको छ भने केवल दुई घण्टामा चार्ज हुने र स्प्ल्याश–प्रतिरोधी पनि रहेको छ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...