नियम विपरीत ‘राइड सेयरिङ गर्ने लगायतका चालकबाट ट्राफिक प्रहरीले २४ घण्टामा उठायो २३ लाख राजस्व

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
नियम विपरीत ‘राइड सेयरिङ गर्ने लगायतका चालकबाट ट्राफिक प्रहरीले २४ घण्टामा उठायो २३ लाख राजस्व
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×