जीटीए ६ को प्रि–अर्डर यसै महिनादेखि सुरु हुँदै, आधिकारिक कभर आर्ट सार्वजनिक

  • Technology Khabar | ८ असार २०८३, सोमबार
जीटीए ६ को प्रि–अर्डर यसै महिनादेखि सुरु हुँदै, आधिकारिक कभर आर्ट सार्वजनिक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

जीटीए ६ जुन २५ देखि आफ्नो प्रि–रिलीजको साथ नयाँ चरणमा प्रवेश गर्ने भएको छ। धेरै ढिलाइ भएको र उत्सुकतापूर्वक प्रतिक्षा गरिएको जीटीए भीआईको जुन २५ देखि प्रि–अर्डर सुरु हुने भएको छ।

प्रि–अर्डरहरू लाइभ हुँदा अलर्ट प्राप्त गर्न प्रयोगकर्ताले यसलाई प्लेस्टेशन स्टोर वा माइक्रोसफ्ट स्टोरमा आफ्नो इच्छा सूचीमा थप गर्न सक्नेछन्।

त्यसैगरी शुक्रबार आधिकारिक कभर आर्ट पनि अनावरण गरिएको छ। कभर आर्टको भिडियो हेर्नुहास्।

जीटीए ६ नोभेम्बर १९ मा आधिकारिक रुपमा सार्वजनिक गरिने बताइएको छ। साथै खेल रिलीज हुँदा अन्ततः यसको मूल्य बारे पनि थाहा पाइनेछ।

प्रकाशित: ८ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...