सिम्पल मिडिया नेटवर्कको लाइसेन्स रद्द

  • Technology Khabar | ७ असार २०८३, आईतवार
सिम्पल मिडिया नेटवर्कको लाइसेन्स रद्द

काठमाडौं ।

सिम्पल मिडिया नेटवर्क प्राइभेट लिमिटेडको इन्टरनेट (इमेल सहित) सेवाको अनुमतिपत्र (लाइसेन्स) स्वत: रद्द भएको छ।

प्राधिकरणले हालै एक सूचना प्रकाशित गरी यसबारे सम्बद्ध सबैमा जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘कम्पनीले २०६३–०३–०२ मा प्रदान गरेको इन्टरनेट (इमेल सहित) सेवाको अनुमति पत्र (फि.ज. १–३९) नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकाले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८३–०३–०२ देखि स्वत: रद्द भएको  हो।’

यसबाहेक तिर्नुपर्ने बाँकी रकम बुझाउन यो सूचना जारी भएको मितिले ३० दिन भित्र नेपाल कार्यालयमा सम्पर्क गर्न समेत सूचित गर्दै तोकिएको अवधिसम्म नबुझाए प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।

प्रकाशित: ७ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...